जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनमा कर्फ्यू जारी गरेको छ ।

राप्ती–३ चितवनकी सुजिता भण्डारीको मृत्युलाई लिएर हुन सक्ने हिंसात्मक झडपलाई मध्यनजर गर्दै कर्फ्ष्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

मृत्युको विषयलाई लिएर केही व्यक्तिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भिड जम्मा गरी हुलहुज्ज्त गर्ने गरेको भन्दै कर्फ्यू जारी गरिएको उहाँले बताउनुभयो ।

मंगलबार साँझ साढे ७ बजेदेखि जारी कर्फ्यू बुधबार बेलुकी साढे ७ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयले जारी आदेशमा उल्लेख छ । कर्फ्यूमा राजमार्गमा लामो दूरीका सवारीसाधन बाहेक कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन पाइने छैनन् ।

पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती–४ डडुवाचोकसम्म राजमार्गको दायाँबायाँ ५०० मिटर भित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।

परिवारले प्रहरीले खबर गरेको भए पनि प्रहरीको बेवास्ता कारण आफ्नो छोरीको मृत्यु भको भन्दै स्थानीयले प्रहरीको कार्यप्रति असन्तुष्टि प्रकट गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय