नेपाल सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै निजगढ नगरपालिकामा रहेका विभिन्न बैंकका कर्मचारीहरुले आज विरोध जुलुस गरेका छन् । निजगढ नगरपालिकाको शहीद चोकबाट शुरू भएको जुलुस पुर्वपश्चिम राजमार्ग हुदै बजार क्षेत्र परिक्रमापछि शहीद चोकमा आएर समापन भएको थियो ।

जुलुसमा सिटिजन, प्राइम, ग्लोबल, इन्भेष्टमेण्ट, कुमारी, बैंक अफ काठमाण्डु, प्रभु, माछापुच्टछ्रे, एनसीसी, युनाइटेड फाइनान्स लगायतका बैंक कर्मचारीहरु सहभागी रहेका थिए ।

बैंक कर्मचारीहरुले आफूले खाइपाई आएको सेवा सुविधा कटौति गरिएको र सामाजिक सुरक्षा कोष कर्मचारी हितविपरित भएको हुनाले विरोध गरेका हुन ।

हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखिए पनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने खासै आवश्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मूर्तरुप दिन बैंकिङ क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय