निजगढमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर ४ बिचटोल बस्ने ६० वर्षीय हर्कबहादुर विक रहेका छन् ।

उनको उपचारको क्रममा प्राथमिक स्वाथ्य केन्द्र निजगढमा आज बिहान साढे १० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गत असार ९ गते गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय