निजगढ : बाराको निजगढ नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेट निर्माणमा जुटेको छ । असार १० मा नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले नयाँ आर्थिक वर्षको एक अर्व एक करोड ९४ लाख ७९ हजार ८ सयको बजेट बनाउँदै छ ।
निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढका जनताको आधारभूत आवश्यकता र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर बजेट बनाउने बताएका छन् । मेयर खनालले कृषि, शिक्षा, खानेपानी, नदी नियन्त्रणका लागि बजेटले प्राथमिकता दिने बताए । निजगढका विकासकालागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताउँदै मेयर खनालले जनप्रतिनिधिले सोचे अनुसारका काम गर्न नसकिने बताए ।
यस्तै, निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनालले कोरोना भाइरसको कारण प्रभावित भएको भौतिक पूर्वाधार निर्माणलाई आगामी आर्थिक वर्षमा समेत प्राथमिकतामा राखेर अघि बढाउने बताईन् । उनले चालु आर्थिक वर्षको सुरुवाती र अन्यतिर कारोनाले प्रभाव पारेको बताईन् । उपमेयर लामिछानेले महिला स्वरोजगार र उपमेयर महिला प्रजनन् प्रवद्र्धन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत प्राथमिकतामा राखिएको बताईन् । आर्थिक रुपमा विपन्न महिलालाई नगरपालिकाले कोषमार्फत आर्थिक अनुदान दिन महिला सहकारीसंग सम्झौता भएर ऋण प्रवाह गरिरहेको बताईन् । महिलालाई आत्मनिर्भर बन्न कोषमार्फत पशुपालन, सिलाई कटाई लगायतका उद्यम सञ्चालनमा लगानी भईरहेको जानकारी दिईन् ।
त्यसैगरि उपमेयर महिला प्रजनन् प्रवद्र्धन कार्यक्रम अन्तर्गत महिलाको पाठेघरको निःशुल्क उपचारको व्यवस्थापन मिलाईएको बताईन् । महिलाको पाठेघरको चेकजाँच र अप्रेशन सम्म उपमेयर महिला प्रजनन् प्रवद्र्धन कार्यक्रमले सहयोग पु¥याउने गरेको छ ।
हेर्नुस् भिडियो :