बाढी पहिरोका कारण देशभरका १९ वटा राष्ट्रिय राजमार्ग र सडक अवरुद्ध भएको छ। सडक विभागका अनुसार कुल ९८ राजमार्गमध्ये १९ राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएका हुन्।

केही राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा रहेको विभागले जनाएको छ। ५२ स्थानमा सडक एकतर्फी रुपमा सञ्चालमा रहेको छ। विभागका अनुसार डुम्रे बेसिसहर चामे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडिचौर कोदारी(अरनिको राजमार्ग) स्थित लिपिङ पुलमा क्षति पुगेका कारण सडक अवरुद्ध भएको छ। त्यस्तै मनाङको धारापानी बगरछापमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ।

त्यस्तै गल्छी त्रिशुली सडक खण्ड पनि अवरुद्ध भएको विभागले जनाएको छ।

खोड्पे चैनपुर सडक खण्डमा अवरोध हुँदा एकतर्फी सवारी चालु रहेको छ भने मध्य पहाडी राजमार्गको बाग्लुङ खण्डमा पनि सडक एकतर्फी चालू रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय