निजगढमा कोभिड हेल्पलाइन सुरु गरिएको छ। निजगढ युवा संजालद्वारा घरदैलो परामर्स सहित कोभिड हेल्पलाइन सुरु गरिएको हो ।

संजालको यो सेवाबाट बिहीवार र शुक्रबारगरि वडा नम्बर ४, ५ र ११ का करिब १२० घर लाभान्वित भएका छ्न भने करिब आठ सय ब्यक्तीलाई मास्क उपल्बध गराएका छ्न ।

त्यस्तै उनिहरुले विभिन्न वडाहरुमा कोरोना सन्क्रमित र कोरोना सङ्ग मिल्दो जुल्दो लक्षण देखिएका ब्यक्तीहरुको बिबरण नगरपालिकामा बुझाउदै आइरहेका छन । संजालका युवाहरुले यस कार्यक्रम मार्फत गरिब तथा बिपन्न परिवारको घर घरमै गएर नगरबासीहरुको स्वास्थ्य अवस्था बुझ्ने, सामान्य रुगाखोकी र ज्वरो आएको परिवारलाई आवश्यकता अनुसार दबाइ उपलब्ध गराउने, मास्क बितरण गर्ने, ज्वरो नाप्ने, अक्सिजन लेभल नाप्ने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।

निजगढ नगरपालिकामा सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाबाट अनुमतिनै मिएर वडाहरु सङ्ग समन्वय गरि हेल्पलाइन सेवा सुरु गरिएको संजालका संयोजक श्याम साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय