बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिएसंगै उच्च जोखिममा रहेको देखिएको हो ।
कोरोनाको उच्च जोखिममा
दोश्रो चरणको प्रकोपका कारण निजगढ नगरपालिकामा कोरोनामा हाल सम्ममा ४९२ जनामा कोरोना परिक्षण गर्दा ३४५ जनामा कोरोना सक्रमण पुष्टि भईसकेको छ भने नगरभित्रमात्रै एक सय ९४ जना सक्रिय सक्रमित छन । यस्तै कोरोना संक्रमितबाट निको हुनेको सख्या एक ३५ जना रहेका छन ।
नगरपालिका भन्छ १६ जनाको मृत्यृ भएको तथ्याङ्क मात्रै छ
नगरपालिका भित्र रहेका कुल ३४५ जना कोरोना संक्रमित मध्य १६ जनाको मृत्यृ भईसकेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको स्वास्थ्य शाखा प्रमुख लामाले बताए । उनले भने, “हाल सम्म हामीले प्राप्त भएको डाटा अनुसार नगरपालिका भित्र १६ जनाको मृत्यृ भईसकेको छ तर अहिलेनै यतिनै हो भनेर भन्ने मिल्ने अबस्था भने छैन, पहिले चरणमा जिल्ला भित्र र बिहिर मृत्यृ भएको तथ्याङ्क जिल्लाबाट हामीलाई प्राप्त हुने गरेको भएतापनि यो पटक सबै तथ्याङ्क हामी कहाँ नआएको कारण स्वास्थ्य शाखाले आफैले खोजि गरि प्राप्त भएको अनुसार १६ रहेको छ” ।
उनका अनुसार निजगढ नगरपालिकामा बसेबास गने गरेका कोरोना संक्रमितको नगरबाहिर मृत्यृ भएको सबै तथ्याङ्क प्राप्त नहुदाँ अन्यौलको अवस्था रहेको हुदाँ अहिलेनै यतिनै हो भन नसकिने जिकिर गरे ।
आफन्तले समेत कोरोनाले मृत्यृ भएको भएतापनि नगरपालिकालाई खबर नगरेकै कारण समेत यो समस्या आएको उनको भनाईरहेको छ ।
कुन वडामा कतिको मृत्यृ
नगरपालिका भित्र कोरोनाका कारणले मृत्यृ हुनेमा सबैभन्दा बडी वडा नम्बर ७ मा रहेको छ । मृत्यृ हुनेमा ३ महिला र १३ पुरुष रहेका छन ।
हाल सम्ममा वडा नंम्बर २ मा १ जना, वडा नंम्बर ४ मा २ जना, वडा नंम्बर ६ मा १ जना, वडा नंम्बर ७ मा ५ जना, वडा नंम्बर ८ मा १ जना, वडा नंम्बर ९ मा ३ जना, वडा नंम्बर १० मा १ जना र वडा नंम्बर ११ मा २ जना गरि १६ जनाको मृत्यृ भएको छ ।
परिक्षण गरिएको रिपोर्ट आउन बार्की
नगरपालिका भित्र जेठ १८ गते सम्ममा गरिएको परिक्षणमा ३४५ जनामा सक्रमण पुष्टि भएको छ भने जेठ १९ गते ३८ जनाको पिसिआर परिक्षणको रिपोर्ट भने आउन बार्की रहेको नगरपालिकाले जनाएको छ ।