बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिएसंगै उच्च जोखिममा रहेको देखिएको हो ।

कोरोनाको उच्च जोखिम देखिएसंगै नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । कोरोना विरुद्धको खोप किन्ने निणर्यगर्ने निजगढ नगरपालिका बारा जिल्लाकै पहिलो स्थानीय तह हो ।

निजगढ नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिदकोलागि केन्द्र सरकारसंग अनुमति समेत मागेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयसंग कोरोना भाईरस विरुद्धको खोप माग गर्दै यदि उपलब्ध गराउन नसके नगरपालिकाले आफ्नै आर्थिक स्रोतबाट खरिद गर्न स्वीकृति दिनुपर्ने मेयर सुरेश कुमार खनालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको बताए । मेयर खनालको संयोजक रहेको निजगढ नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले २० हजार डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

यसैगरी नगरपालिकाका जनप्रतिनिधिहरुले मासिक सुविधाबापत पाउने १ महिनाको रकमबाट पेसेन्ट मनिटर गर्ने स्कीन मनिटर डिभाईस खरिद गर्ने भएका छन । कोरोना संक्रमितहरुको उपचारकोलागि निजगढ नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको अईसोलेसनमा जनप्रतिनिधिहरुको १ महिनाको सुविधा वापतको रकमबाट ३ थान पेसेन्ट मनिटर खरिद गरेर उपलब्ध गराइने उपप्रमुख लिलादेवी लामिछानेले बताईन ।

कोरोना संक्रमित बिरामीहरुको भाईटल्स मनिटर गर्ने डिस्प्ले स्क्रीन मनिटर उपलब्ध गराइदिन प्राथमिक स्वास्थ्य केन्द्रले गरेको अनुरोध अनुसार आवश्यक उपकरण खरिद गरेर उपलब्ध गराउन लागिएको होे । सो मनिटरले बिरामीको मुटुको चाल, रक्तचाप र श्वास प्रश्वासको अवस्था सजिलै थाहा पाउन सकिने भएकाले कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रको लागि नगरपालिकाको विपद व्यवस्थापन समितिले २ थान जेनेरेटर मेसिनसमेत खरिद गरेर उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय