कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिले विश्व आक्रान्त छ । अहिलेसम्म यसको उपचार पत्ता लागेको छैन । कोरोना भाइरसका बिरिमीहरुमा बिभिन्न परिक्षण गर्दा प्लाज्मा थेरापीबाट उपचार गर्दा धेरै मानिसहरु निको भएका छन ।

त्यसैले प्लाज्मा थेरापीबाट उपचार परीक्षण सुरु गरिएको छ । यसले धेरै मानिसहरूलाई ठिक पार्न सकिने अपेक्षा गरिएको छ । अहिले सम्मको नतिजा पनि सकारात्मक रहेको छ ।

नेपाल सरकारले पनि निको भएर घर फर्किएका कोभिड–१९ का बिरामीलाई प्लाज्मा दान गर्न आग्रह गरिरहेको छ । तर, धेरै कारणले मानिसहरू प्लाज्मा दान गर्न आउन मानिरहेका छैनन् । त्यसका लागि केहीले भने आफूले प्लाज्मा दान गर्नुका साथै अरूलाई पनि यो कार्यका लागि प्रेरित गरिरहेका छन् । यस्तै एक दाता हुन् राजकुमार घिमिरे ।

कोरोना भाइरसलाई जितेका घिमिरे दम्पती अहिले अरू बिरामीलाई बचाउन प्लाज्मा दान गरिरहेका छिन् । चैत्र मिहिनाको अन्तिमा कोरोना लक्षण देखिएको यस दम्पतीलाई सुरुवातका केही दिन निकै गस्त बनाएको भएतापनि कोरोनामाथि जित हात पारे । त्यस पछि यस दम्पती अन्य कोरोना संक्रमितलाई बचाउन प्लाज्मा दान गरिरहेका छन ।

(हेर्नुहोस भिडियो)

https://youtu.be/BzxgvwJgDEM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय