चक्रवात ‘यास’ का कारण सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मुलुकभर चक्रवात यास पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हु“दा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । उसका अनुसार शुक्रबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च वेगयुक्त हावासहित भारी वर्षा भएको छ । हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम हिमपात भएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत प्रक्षेपण गरेको छ ।

महाशाखाका अनुसार आइतबार पनि यी स्थानमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भन्दै सचेतसमेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय