बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिएसंगै उच्च जोखिममा रहेको देखिएको हो ।

निजगढ नगरभित्र एक सय ६८ जना कोरोनाबाट संक्रमित भईसकेका छन भने हाल निजगढमा ९७ जना जना सक्रिय संक्रमित रहेका छन । जसमध्य २५ जनाको मृत्यृ समेत भईसकेको भएता पनि नगरपालिकासंग नगरभित्र मृत्यृहुनेको आकडा भने छैन ।

नगरपालिकाको ध्यान कार्य सम्पादन भन्दा बडीसामाजिक सन्जालको लोकप्रियतामा सक्रिय देखिएको छ । तर कोरोना सक्रमणको दर अन्यत्र घटिरहेता पनि निजगढमा भने बढदो क्रममा रहेको छ । निजगढ नगरपालिका भित्र पछिल्लो समयमा सक्रमितको मृत्यु दरले समेत यो कुरा पुष्टि भईरहेको छ तर नगरपालिकाको आकडामा भने कोरोना सक्रमणबाट मृत्यृ हुनेको सख्या जम्मा ६ रहेको जनाएको छ ।

नगरपालिकाले बढो तामझामका साथ सामाजिक सन्जालमा कोरोणा रोकथाममा नगरपालिका सक्रिय रहको फोटोहरु सामाजिक सन्जालमा बिज्ञापन गरेको भएतापनि वास्तबिकता भने ठ्याकै उल्टो रहको छ । नगरको स्वास्थ्य साखाका प्रमुख रमेश लामाले कोरोणाको सक्रमण समुदाय स्तरमा फैलिएको हुदा केहि दिन पुर्ण रुपमा बजार ब्यवसाय बन्द गनुपने बताए ।

तर स्वास्थयको सुझाव विपरित बिपत ब्यवस्थापन समितिले वास्ता नगरि बिभिन्न खाध्यान्न, माछा मासु लागएतको ब्यबसाय हप्ताको तिन दिन खोल्न दिने अनुमति नगरपालिकाले दियो । यसको केहि समयमै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्यामा समेत बृद्वि भयो ।

यसैबिच शुक्रवार बिहान ८ बजे बिपत ब्यवस्थापन समितिको बैठक नगरपालिकामा बस्ने तयारीमा नगरपालिका रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय