निजगढमा शनिबारदेखि औषधि पसल र दग्द्यजन्य पदार्थ संकलन केन्द्र बाहेक खाद्यान्न, तरकारी, फलफुल र मासुजन्य पसल तथा व्यवसाय पनि संचालनमा आएको छ । त्यसैगरी नगरभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु पनि आइतबारबाट संचालनमा आउने भएका छन ।

निजगढ नगरपालिकाका मेयर तथा नगर विपद व्यवस्थापन समितिका संयोजक सुरेशकुमार खानालको संयोजकत्वमा शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकले जेठ ८ गतेदेखि यसअघि संचालन भइरहेको औषधि पसल र दुग्धजन्य पदार्थ संकलन केन्द्र लगायत किराना, तरकारी तथा फलफुल र मासुजन्य व्यवसाय, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु संचालन गर्न दिइने निर्णय गरेको हो ।

हप्ताको तिन दिन आइतबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म संचालन गर्न दिने निर्णय भएको मेयर खनालले बताए । त्यसैगरी नगरभित्र उत्पादित कृषिजन्य वस्तुको निकासी तथा ओसारपसार गर्न पाइने पनि बैठकले निर्णय गरेको छ । बैठकले कोरोना भाईरस संक्रमणको स्थिति र जोखिमको अवस्था हेरी आवश्यकता अनुसार नगरपालिकाका विभिन्न वडाहरुमा एन्टीजेन विधिमार्फत पिसिआर परीक्षणको व्यवस्था मिलाउने निर्णय पनि भएको मेयर खनालले बताए ।

कोरोना संक्रमितको उपचारकोलागि नगरपालिकाले संचालन गरेको अईसोलेसन कक्षमा खट्ने मेडिकल अधिकृत लगायत सम्बन्धित स्वास्थ्यकर्मी एवंम अन्य कर्मचारीहरुलाई दैनिक अतिरिक्त रकम उपलब्ध गराउने पनि निर्णय भएको छ । बैठकले नगरपालिकाले संचालन गरेको आईसोलेसन कक्षमा परिचालित हुने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई दैनिक ६५० रुपैंया अतिरिक्त रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय