
बाराको कलैयामा दुई बालक हत्याको घटनामा संलग्न रहेको आशंका प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको सोमबार हत्या भएको थियो । उनीहरु घरबाट खेल्न हिडेको बेलामा बेपत्ता भएकोमा मंगलबार शव भेटिएको थियो ।
स्थानीय २५ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । अनुसन्धान प्रक्रियामा रहेकोले प्रहरीले उनको परिचय सार्वजनिक गरेको छैन् ।
यसैविच दुबै बालकको शव पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।