बाराको निजगढमा आईतबार कोरोना संक्रमणबाट ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नंम्बर २ का पुरुषको मृत्यृ भएको हो । उनको निजगढ नगरपालिका वडा नंम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यृ भएको हो ।
यस अगि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालको आईसोलेसन वार्डमा राखि उपचार भईरहेकोमा उपचारको क्रममा आज बिहान ३ः४० बजे मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रिन्स तिवारीले जनाकारी दिए । यो संगै निजगढमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै निजगढमा कोरोनासित मिल्दोजुल्दो लक्षण भएका ४ जनाको समेत मृत्यृ भएको छ । शनिबार स्वास्थ्य केन्द्रमा निजगढ वडा नम्बर ९ का ५५ र ७० बर्षिय दुई महिला र वडा नम्बर ४ का ८० बर्षिय पुरुषको मृत्यृ भएको थियो भने आईतबार थप एक जना वडा नम्बर १३ का ७५ बर्षिय पुरुषको अस्पतालमा आएको ५ मिनेटभित्र मृत्यृ भएको छ । उनिहरु सबैमा कोरोनासित मिल्दोजुल्दो लक्षण रहेको स्वास्थ्य केन्द्रका डा. प्रिन्स तिवारीले जनाकारी दिए ।