लायन्स क्लब अफ निजगढले नयाँ कार्यसमिति गठन गरेको छ । आईतवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । बैठकबाट प्रेसिडेन्टमा यस अगी तीन पटक प्रेसिडेन्ट भएर लायन्स क्लब समाली सकेका दिपेन्द्र श्रेष्ठलाई नै चौथो पटक समेत सर्बसहमतबाट चयन भएका छन ।
यस्तै पहिलो भिपीमा राम कृष्ण नेपाल चयन भएका छन भने दोस्रो भिपीमा नवराज शर्मा, सचिबमा प्रभात सिग्देल र कोषाध्यक्षमा कैलाश बहादुर तिमल्सिना रहेका छन भने बाकी अन्य पहिलाकै समितिलाई निरन्तरता दिएको अध्यक्ष रामचन्द्र जैसवालले निजगढ न्युजलाई जानकारी दिए ।
बैठकमा लायन्सका पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । आज चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।