बाराको निजगढमा शनिबार कोरोना संक्रमणबाट ४३ वर्षिय पुरुषको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नंम्बर ७ का पुरुषको मृत्यृ भएको हो । उनी बैशाक ३० गते बिहिबारदेखी नारायणी अस्पताल वीरगञ्जमा भर्ना भएका थिए ।

उनको बिहिबारनै स्वाब संकलन गरी आरटीपिसीआर परीक्षण गर्दा जेठ १ शनिबार पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालको आईसोलेसन वार्डमा राखि उपचार भईरहेकोमा उपचारको क्रममा आज शनिबार साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो संगै निजगढमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बारामा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु भएको छ । बारामा १ हजार दश जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय