बाराको महागढीमाईमा ल्याब सञ्चालनमा आएको छ । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले शनिबार ल्याबको उद्घाटन गरेका हुन् ।
स्वास्थ चौकी बरियारपुरमा उद्घाटन गरिएको ल्याबमा टाईफड, क्षयरोग, सुगर लगायतको परीक्षण गरिने छ । नगरवासीलाई निःशुल्क परीक्षण गरिने नगर प्रमुख यादबले बताए ।
‘एक हजारसम्मका परीक्षणमा हुने छ,’ प्रमुख यादबले भने–४ लाख लागतमा उपकरण खरिद र जडान गरिएको छ ।’ ल्याब विहान ८ बजे राती १२ बजेसम्म सञ्चालन हुने उनले जानकारी दिए ।