बारामा शनिबार कोरोना संक्रमणबाट २५ वर्षिय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–५ प्रस्टोका युवक हुन् । उनलाई आईतबार श्वास प्रश्वासको बिरामी भई उपचारको लागी नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको थियो ।
उनको बुधबार स्वाब संकलन गरी आरटीपिसीआर परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालको आईसोलेसन वार्डमा राखि उपचार भईरहेकोमा उपचारको क्रममा आज शनिबार विहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बारामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । बारामा ९ सय ७७ जना संक्रिय संक्रमित छन् ।