निजगढ : निजगढ नगरपालिकाको विपत्त व्यवस्थापन समितिले गरेको निर्णय विपरित बैंक, वित्तिय संस्था र सहकारीबारे शुक्रबार सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले सूचना प्रकाशित गरेर एक हप्ताको लागि बैंक, वित्तिय संस्था र सहकारी खोल्न दिने तर सेवा प्रवाह बन्द गर्नुपर्ने जनाएका छन् ।
सूचनामा भनिएको छ–‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बैंक, वित्तिय संस्था र सहकारी खोलेर आफ्नो अत्यावश्यक आन्तरिक काम बाहेक त्यहाँबाट प्रवाह हुने सवै सार्वजनिक सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्म बन्द गर्नु हुन जानकारी गराईन्छ ।’
निजगढ नगरपालिकाको विपत्त व्यवस्थापन समितिको विहीबारको बैठकले खोल्न दिने निर्णय गरेको थियो । बैंक खोलेर सेवा दिन रोक लगाउने नगरपालिकको सूचना प्रकाशित भएपछि सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ ।