
निजगढ नगरपालिकाले कोरोना भाइरसको दोस्रो लहरमा खटिने स्वास्थ्यकर्मीलाई प्याकेज घोषणा गरेको छ ।
निजगढ नगरपालिकाको विपत्त व्यवस्थापन समितिको विहीबारको बैठकले नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको कतव्र्यपालनको क्रममा मृत्यु भए १० लाख र उपचार खर्च व्यवहोर्ने निर्णय गरेको छ ।
नगरपालिकाले गत वर्ष खटाएका स्वास्थ्यकर्मी र आईसोलेशनमा खटिएकाले भत्ता नपाएको गुनासो गरेका छन् ।