बारामा पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्युु भएको छ भने एक सय २७ जना संक्रमित थपिएका छन् । कोरोनाबाट प्रसौनी गांउपालिकाको एक जना पुरूष, जीतपुरसिमरा उपमहानगरपालिकाको एक जना पुरूष र कलैया उपमहानगरपालिकाको दुई जना पुरूषको कोरोनाबाटमृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
प्रसौनी गाँउपालिका २ अहिरवा टोलका ५७ वर्षीय पुरुषको वीरगंज स्थित नारायणी अस्पतालमा, जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीका ६८ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजले बाबा होटलमा संचालन गरेको कोभिड अस्पतालमा, कलैया उपमहानगरपालिका २३ कोइरीया टोलका ५८ वर्षीय पुरुषको बयोधा अस्पताल वीरगन्जमा र कलैया उपमहानगरपालिका १९ का ७० वर्षीय पुरुषको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए ।
बारामा पहिलो चरणमा ७ महिला र २६ पुरुष गरि ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने दोश्रो चरणको कोरोना संक्रमणबाट बुधवारसम्ममा ७ महिला र २८ पुरुष गरी ३५ जनाको मृत्यु भएको छ । पहिले र दोश्रो चरण गरि बारामा ६८ जनाको संक्रमणबाट मृत्यृ भईसकेको छ ।
बारामा पछिल्लो २४ घण्टामा ४२ महिला र ८५ जना पुरुष गरी १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो जसमा ६ जना प्रहरी कर्मचारी कोरोना संक्रमणमा रहेकोमा १ जना कोरोना संक्रमणमुक्त भएका छन भने ५ जना प्रहरी कर्मचारी अहिले पनि आइशोलेनशमा रहेको बताईएको छ ।
बारामा अहिले दुई सय ४५ जना महिला र ६ सय ३९ पुरुष गरि आठ सय ८४ सक्रिय कोरोना संक्रमित रहेका छन । ४ महिला र १७ पुरुष गरी २१ जना आइसोलेसनमा, दुई सय ४१ महिला र ६ सय २२ पुरुष गरी आठ सय ६३ जना होम आइसोलेसनमा रहेका छन भने १० महिला र २७ पुरुष गरि ३७ जना कोरानाबाट निको भएका छन् ।