![](https://nijgadhnews.com/wp-content/uploads/2021/05/Mask-Bitaran-1.jpg)
निजगढस्थित कोरोना भाइरस प्रकोप न्युनीकरण बजार तथा पसल अनुगमन समितिले बुधवार निजगढ बजार क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ । समितिका संयोजक एंव निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालको नेतृत्वमा बिहान ९ बजेदेखि ११ बजेसम्म बजार क्षेत्रका पसल अनुगमन गरिएको हो ।
समितिले निजगढस्थित इलाका प्रहरी कार्यालय अगाडिबाट जमुना पैनी क्षेत्रसम्म राजमार्गका दायाबाया संचालनमा रहेका पसल तथा व्यवसायको अनुगमन गरेको थियो । टोलीले व्यवसायी तथा सर्वसाधारणले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे नगरेको बारेमा अनुगमन गरेको समितिका संयोजक रामकृष्ण नेपालले बताए ।
अनुगमनमा इलाका प्रहरी कार्यालय निजगगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरी, सशस्त्र प्रहरी नायव उपरीक्षक एकराज बुर्लाकोटीलगायत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, उद्योग बाणिज्य संघका पदाधिकारी दिपेन्द्र श्रेष्ठ तथा व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।
![](https://nijgadhnews.com/wp-content/uploads/2021/05/Mask-Bitaran-1024x766.jpg)
अनुगमनको क्रममा माक्सबीना भेटिएका सर्वसाधारण र व्यवसायीलाई प्रहरीले सम्झाइ बुझाई गरेर माक्स समेत वितरण गरिएको प्रहरी निरीक्षक चौधरीले बताए ।