निजगढ नगरपालिकामा कोरोना भाईरसको महामारीको दोश्रो चरणको प्रकोपका कारण दिन प्रति दिन कोरोना संक्रमित थपिने क्रम निजगढमा समेत निकै तिब्र गतिमा रहेको छ ।

निजगढमा बुधवार थप २८ जनामा कोरोना पुष्टि भएको छ । केहि दिन अगी निजगढका करिब ५० जनाको पीसीआर परीक्षणका लागि स्वाब सन्कलन गरिएको थियो । सन्कलान गरिएको स्वाब मध्य बुधवार ३५ जनाको कलैया अस्पतालमा परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो भने बार्की १५ जनाको परीक्षण गर्नबार्की रहेको छ ।

संक्रमण हुनेमा निजगढ नगरपालिका वडा न ६ का ७ जना, वडा न ७ का ७ जना, वडा न २ का ६ जना, वडा न ९ का ६ जना, वडा न १३ का १ जना र वडा न ५ का १ जना रहेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामा बताए ।

यो संगै निजगढमा कोरोना संक्रमणको संख्या ५३ पुगेको छ जसमध्य ११ जना संक्रमण मुक्त भएका छन । हाल ४२ जना सक्रय कोरोना संक्रमित रहेका छन भने ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय