बाराको निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोरोना कहरमा आगामी जेठ र असार महिनामा बुझाउने महसुलमा छुट दिने भएको छ । संस्थाको आईतबार बसेको संस्थाको ४७ औं बैठकले निषेधाज्ञा अवधिमा महसुल बुझाउन कार्यालयमा सेवाग्राही पुग्न नसक्ने भएकाले दुई महिनाको जरिवाना नलिने निर्णय गरेको हो ।

सेवाग्राहीको भिडभाड हुन नदिन जेठ १ गतेबाट महसुल काउन्टर बन्द गर्ने समेत निर्णय गरेको छ । काउन्टर बन्द भएपनि सेवाग्राहीले मोवाईलबाटै ईसेवा, आइएमीपे र मोवाईल बैंकिङ्गबाट महसुल बुझाउन सक्ने अध्यक्ष सुदर्शनप्रसाद कोईरालाले जानकारी दिए । जेठ महिनामा मिटर रिडिङ्ग समेत नगर्ने भएको छ ।

घरबाटै सेवा

संस्थाले सेवा प्रवाहलाई निषेधाज्ञा अवधिमा समेत नियमित गर्न घरबाटै सेवा दिने व्यवस्था मिलाउने भएको छ । कार्यालयका व्यवस्थापकले घरबाटै समन्वय गरेर सेवा प्रवाह गर्ने भएको छ । सेवाग्राहीले ९८४५४९२६१३ मा सम्पर्क गरेर सेवा लिने सक्ने व्यवस्था मिलाईएको हो ।

अनिवार्य कार्यक्षेत्रमा खटिने प्राविधिक कर्मचारीलाई स्वास्थ्य सर्तकतासहित खटाउने र २० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको संस्थाका सचिव महेश्वर अधिकारीले जानकारी दिए । कार्यक्षेत्रमा खटिदा कोरोना संक्रमण भए रु. एक लाखसम्मको उपचार खर्च संस्थाले व्यहोर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय