विश्वव्यापी रूपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै कोरोना भाइरस रोकथाम, अनुगमन तथा व्यवस्थापन सम्वन्य समितले निजगढ नगरपालिकाका रहेका दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न विक्रेताका पसलहरु भोलीबाट बिहान ६ बजे देखि बिहान ११ बजे सम्म मात्रै खोल्ने निर्णय गरेको छ ।

आज निजगढ नगरपालिकाको बसेको कोरोना भाइरस रोकथाम, अनुगमन तथा व्यवस्थापन सम्वन्य समितको बैठकले सो निर्णय गरेको हो । समितका संयोजक मेयर सुरेशकुमार खनालको सभापतित्वमा आज सम्पन्न भएको बैठकले ४ बुदे निर्णय गरेको छ ।

त्यस्तै बैठकले औषधी उपकरण बिक्री गर्ने बाहेकका हाट बजार, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यक्रम गर्न नपाइने, दैनिक उपभोग्य बस्तु बिक्रिका लागि खाद्यान्न, सागसब्जी, माछामासु, पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै बैठकले गरेका निर्णयहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय