कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा मृत्यु हुनेको संख्या ५५ उल्लेख गरिएको छ ।
यो सोमबार मृत्यु हुनेको संख्या भन्दा १८ जना बढी हो । यसअघि सोमबार ३७ जना र आइतबार २७ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
यस्तै रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४/ १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै अछाममा ३०, सिराहा, सिन्धुपाल्चोक र बर्दियामा २८/२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६/२६ जना, रामेछापमा २४, लमजुङ २३,दोलखामा २२, नवलपरासी पश्चिम २१, तनहुँ र स्याङ्जामा २०/२० जना, जुम्ला र सल्यानमा १८/१८ जना, पर्वत र रोल्पामा १७/१७ जना कोरोना संक्रमित थपिएका छन् ।
यसैगरी ओखलढुंगामा १६, प्युठान र कञ्चनपुरमा १२/१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९/९ जना, बागलुङ र जाजजरकोटमा ७/७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५/५ जना, रूकुम र कालिकोटमा ४/४ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्चिम र दार्चुलामा ३/३ जना, डोल्पा र मुगुमा २/२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो
वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ । उनीहरुमध्ये ३५९ जनाको वैशाख महिनाको २१ दिनमा मृत्यु भएको हो ।
वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जना संक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए ।