सुरुचि भण्डारी, कलैया : कोरोना भाइरस महामारीको दोश्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । संक्रमण फैलन नदिन हरेक दिन स्वास्थ्य मन्त्रालयले अपिल पनि गर्दै आएको भएता पनि प्रदेश २ को बारामा भने प्रशासनको सक्रियता न्युन रहेको पाईएको छ ।
बाराको सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पताल कलैया अस्पालमा भने कोभिड–१९ को महामारीबाट बच्नका लागि अपनाउनु पर्ने सामान्य सतक्ता समेत अपनाईएको पाईदैन । अस्पताल आउने बिरामी देखि अस्पतालका कर्मचारीले समेत माक्स नलगाउने र समाझिक दुरि समेत कायम नगर्न गरेको पाईएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा शुन्य रहेको सन्क्रमितको संख्या चैत ६ गते यता १५० भन्दा बढी रहेका छन् । बारामा आज थप १ जानको कोरोनाका कारण मृत्यृ भईसकेको छ भने जिल्लाभर दोस्रो चरणमा कोरोनाका कारण मृत्यृ हुनेको सख्या ३ पुगेको छ । शुन्य संक्रमित भएको जिल्लामा अहिले बढेर १५० बढी पुगिसकेको भएतापनि अस्पतालमानै लापल्बाही भईरहेको हुदाँ कलैया अस्पतालनै कोरोनाको हट स्पोट बन्ने प्रस्ट देखिन्छ ।
अस्पतालमा आउने बिरामीलाई पटक पटक आग्रह गर्दा समेत माक्स लगाउन नमान्ने र सरकारी अस्पताल भएकोले भिडबाट हुनु र सामाझिक दुरी कायम नहुनु सामान्य रहेको कलैया अस्पतालकी निमित्त सुपरटेन्डेन्ट डा. रमोला साहले बताईन ।
अस्पताल र सर्बसाधरणको लापबार्हीका कारण बच्चा देखि बृद्घसमेत कोरोनाको सिकार हुने देखिन्छ । कलैया अस्पतालद्घारा संचालित अस्पतालको फार्मेसीमा त झनै खतरा देखिन्छ । अस्पताल बाहेका जिल्लाको सदरमुकाम कलैया बजार लगाएत बाराको निजगढ, कोहल्वी, जितपुर, सिमराका स्थानिएले माक्स नलगाउने र समाझिक दुरि समेत कायम गर्न नमान्ने गरेका छन ।
कोरोना भाइरस महामारीको दोश्रो चरण सुरु भएसंगै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले कारबाही गर्न सुरु गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै प्रहरीले जरिवानासमेत तिराउने गरिएको भएता पनि सर्वसाधरणमा पहिले चरणको भन्दा कम डर रहेकै कारण लापबार्ही बढेको प्रहरीको जनाएको छ । सर्वसाधरणले स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने अन्तिम बिक्ल्पको रुपमा जिल्लालाई लकडाउनमा लानु बाहेक अन्य अपाए नहुने बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
बारामा माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गरिदै आएपनि बारामा सामाझिक दुरी र माक्सको प्रयोग गर्न गर्नको सख्यां अहिले पनि न्युन छ जस्ले गर्दा कोरोना संक्रमक फलिने जखिम उच्च देखिन्छ ।
कोरोना भाइरस महामारीको दोश्रो चरणमा हाल सम्म बारामा एक सय ५० भन्दा बढी मानिस कोरोना संक्रमित भईसकोका छन भने तिन जनाको मृत्यृ भईसकेको छ । पहिला र अहिले गरेर बारामा ३६ जनाको मृत्यृ भईसकेको छ ।