कोरोना भाइरस महामारीको दोश्रो चरण सुरु भएसंगै बारामा दिन प्रति दिन कोरोना संक्रमित थपिदै गएता पनि बाराको मुख्य बजारमा नै माक्सको प्रयोग गरिएको पाईदैन ।

सदरमुकाम कलैया लगाएत बाराको निजगढ, कोहल्वी, जितपुर, सिमराका स्थानिएले माक्स नलगाउने र समाझिक दुरि समेत कायम गर्न नमान्ने गरेका छन । कोरोना भाइरस महामारीको दोश्रो चरण सुरु भएसंगै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले कारबाही गर्न सुरु गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै प्रहरीले जरिवानासमेत तिराउने गरिएको छ ।

अभियान सुरु भएको दुई दिनमै ९ सय ६९ जनालाई कारबाही गरिएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । बजार क्षेत्रमा बिनामास्क निस्केका ९ सय ६९ जनालाई जनही १ सय रुपियाँ जरिवाना तिराउएको छ । उक्त जरिवनाबाट ९६ हजार ९०० राजस्व समेत संकलन भएको छ । बारा प्रहरीले करिब ७ हजार भन्दा बडी मानिसलाई माक्ससमेत वितरण गरेको प्रहरीले जनाएको छ ।

बारा प्रहरीले करिब १० हजार भन्दा बडीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका अधिकांशलाई माक्स अनिवार्य लगाउनुपर्ने विषयमा सम्झाई–बुझाई छाडिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले बैशाख १० गते माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

स्थानीय प्रशासनले प्रहरीलाई परिपत्र गर्दै केन्द्रको स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको भएतापनि बारामा भने अझै स्थानिएले माक्सको प्रयोग गरेको पाईदैन । प्रहरीले माक्स नलगाई हिँड्ने काराबाही गरेतापनि स्थानिएमा कोरोनाको कहर भने देखिदैन ।

स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको छ । माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको हो ।

माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कारबाही गर्ने क्रमजारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द पौडेलले बताए ।

सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंघन गरेकाले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन स्थानीय प्रशासनले निर्देशन दिएको थियोे ।

बारामा माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गरिदै आएपनि बारामा सामाझिक दुरी र माक्सको प्रयोग गर्न गर्नको सख्यां अहिले पनि न्युन छ जस्ले गर्दा कोरोना संक्रमक फलिने जखिम उच्च देखिन्छ ।

कोरोना भाइरस महामारीको दोश्रो चरणमा हाल सम्म बारामा एक सय ५० भन्दा बढी मानिस कोरोना संक्रमित भईसकोका छन भने ३ जनाको मृत्यृ भईसकेको छ । पहिला र अहिले गरेर बारामा ३६ जनाको मृत्यृ भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय