नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको स्वाब परीक्षणमा बाराका २२ सहित ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा.सरोज रोशन दासका अनुसार एक सय ४० जनाको स्वाब परीक्षण गर्दा २४ महिलासहित ९० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये ६५ जना पर्साको, २२ जना बारा र तीनजना रौतहटका छन् । १८ वर्ष मुनिका ८ जना संक्रमित भएका छन् ।

यसैगरी शुक्रबार १ सय ३९ स्वाब परीक्षण गर्दा ८६ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ६७ जना संक्रमित पर्साका, १३ जना बारा, ४ जना रौतहट र एक/एक जना महोत्तरी र धनुषाका बासिन्दा हुन् ।

१२ दिन यता ७३६ संक्रमित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा पुग्दा नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा पुगेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसगै संक्रमित हुने दर वृद्धि भएको छ । पछिल्लो १२ दिनयता नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय