क्रियाशील सदस्य थप गर्ने विषयमा नेपाली काग्रेश पार्टीको निजगढ नगरमा विवाद उत्पन्न भएको छ । पार्टीभित्रको एउटा पक्षले १४२ जना क्रियाशील सदस्य थप गरेर ल्याएपछि निजगढ नगरपालिकाका प्रुमखसमेत रहेका महासमिति प्रतिनिधि सुरेश खनालसहितको अर्को पक्षले प्रकृया विपरित सदस्य थप गरिएको भन्दै विरोध जनाएको हो ।
असन्तुष्ट पक्षले आज निजगढस्थित होटेल हाइवेमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको विधान र पद्दति विपरित आफनो पक्षका कार्यकर्तालाई मात्र क्रियाशील सदस्य बनाउन खोजिएको भन्दै विरोध जनाएका छन । असन्तुष्ट पक्षको विरोधका बाबजुद पार्टी केन्द्रय कार्यालयबाट १४२ जनाको नाममा क्रियाशील सदस्य थप भएर आएपछि निजगढमा काग्रेस भित्रको विवाद सतहमा आएको हो ।
केन्द्रबाट प्राप्त नामावलीको आधारमा हाल उनीहरुको क्रियाशील सदस्यता फारम भराउने कार्य सुरु भएको अर्को पक्षले जनाएको छ ।
पत्रकार सम्मेलनमा ०७१ सालमा भएको पार्टीको १३ औं महाधिवेशन ताका छुट भएका १४ जनाको क्रियाशील कायम गर्ने नाममा नगर सभापति महेशी कुवरले किर्ते गरेर थप १४२ जनालाई क्रियाशील बनाएको महासमिति सदस्य खनालले बताए । उनले विजयकुमार गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमसंग एकता समायोजन र विभिन्न पार्टी परित्याग गरी काग्रेस प्रवेश गरेकाहरुको नाममा आफनो नजिकका मान्छेलाईमात्र सदस्य बनाइएको आरोप लगाएका छन ।
पार्टी विधान विपरित थप गरिएका क्रियाशील सदस्य रद्द हुनुपर्नेमा यश समुसको माग रहेको छ ।
पत्रकार सम्मेलनमा महासमिति सदस्य पेमासिद्धी लामा, मिना लामालगायत स्थानीय कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै महासमिति सदस्य लामाले विवादित १४२ जना सदस्यको छानबिन माग गर्दै आफुहरुले पार्टी केन्द्रीय कार्यलयमा गत चैत्र ५ गते गरेको उजुरी पछि छानविन आयोगले कार्य पुरा नगर्दै हाल आएर नगर सभापति कुवरले विधान विपरित घरघरमा लगेर आवेदन फारम भराएको लामाले आरोप लगाए ।
उता, नगर पार्टी सभापति कुवरले भने आफुहरुले पार्टीको विधान र परिपत्रअनुसारनै क्रियाशील सदस्य थपको लागि सिफारिस गरेको र पार्टी केन्द्रय कार्यालयबाट स्वीकृत भइ आएको र अहिले वडा कमिटी मार्फत हाल क्रियाशील सदस्य फारम भराउने कार्य भइरहेको जानकारी दिनुभयो ।
उनले पार्टी केन्द्रय कार्यालयबाट स्वीकृत भइ आएकाहरुको नाममा विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।