निजगढ नगरपालिकाको आयोजनामा बिहिबार भुमी समस्या सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निजगढ बैङ्गकुट हलमा भएको अन्तरक्रिया कार्यक्रममा भुमी समस्या समाधानका निम्ती स्थानिए तहले गर्नुपने कार्य सम्बन्धि प्रशिक्षण समेत गराईएको थियो ।

भुमी समस्या समाधान आयोगका केन्द्रीय सदस्य जगतबहादुर देउजाले सभामा उपस्थित सबैलाई प्रशिक्षण गराएका थिए । कार्यक्रमा आयोगका केन्द्रीय सदस्य जगदिश यादव, बारा जिल्ला अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, स्थानीय राजनितिक दलका प्रतिनिधि, नगर कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु र संचारकर्मीहरुकोसमेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई आयोगमार्फत भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरणको क्रममा पुरा गर्नुपर्ने मापदण्डको बारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी निजगढ नगर क्षेत्रमा भोलिबाट काम शुरु गर्ने तयारी रहेको कार्यक्रमका सभापतित्व रहेका नगरप्रमुख सुरेश खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय