बाराको निजगढमा बन्ने भनिएको दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा हालै गरिएको प्रदर्शनको विरुद्घमा बिहिबार निजगढमा विरोध र्याली आयोजना गरिएको छ । हाम्रै पालामा राष्ट्रिय गौरबको आयोजना भन्ने मुल नारा सहित स्वतन्त्र युवा समाजद्वारा सरकारलाई यथाशीघ्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना निर्माणकार्य सुरुगर्ने दबाव मुलक कार्यक्रम गरिएको हो ।

समाजद्घारा गरिएको र्यालीले निजगढ बजार परिक्रमा गरेको थियो । हाम्रै पालामा राष्ट्रिय गौरबको आयोजना, निजगढ बासिको भन्छ, निजगढ अन्तरराष्ट्रिय बिमानस्थल निर्माण गर्र भन्छ, बिदेशी दलालबाट होसियार, विकाश बिरोधी तत्व मुर्दाबाद, स्वतन्त्र युवा समाज जिन्दाबाद लगाएतका नारा लगाउनुका साथै भने प्लेकार्ड बोकेर युवाहरुले प्रदशन गरिएको थियो । र्याली निजगढ बजार परिक्रमापछि शहिदचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

डरलमा बिकेका केही व्यतिहरु पर्यावरण बचाउन भन्दै बिमानस्थलको बिरुधको अभियानमा विभिन्न संघ–संस्थाहरु लगोको आरोप निजगढ नगरनगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम कुबरले लगाए । उनले निजगढको भैतिक तथा स्थलगत निरिक्षणनै नगरि बिकाशको बिरुधमा नलाग्न आग्रह गर्दै निजगढका जनताको भाबनामा चोट पुर्याउने बिरुद्घ चरण बिरुद्घ आन्देलन गर्ने चेतावनी दिए ।

त्यसैगरी निजगढको नाम समेत नसुनेका केही मानिसहरुले डरलका निम्ती विमानस्थालको विरोधमा काठमाण्डौंमा अनावश्यक प्रदर्शन गरेको र निजगढ विमानस्थलको आवश्यकताको बारेमानै नबुझी बिबादास्पद कार्य गरेको स्थानीय युवा व्यवसायी खड्कप्रसाद उप्रतीलेले बताए । उनले निजगढनै सबै भन्दा उपयुक्त स्थान भएको र विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला मात्र रहेकोले टागियावस्तिमा नै विमानस्थल बन्नुपर्नेमा जोड दिए ।

यस्तै निजगढ विमानस्थलको निमार्ण कार्यलाई तिब्रताका साथ निरन्तरुपमा कार्य नेपाल सरकारले अगि बडाउनु पर्ने र स्थानिए सरकार तथा स्थानिए बासिले सरकारलाई सक्दै सहयोग गर्ने अर्का बक्ता बिष्ण खड्काले बताए । उनले निजगढ विमानस्थलले निजगढको मात्रै नभई प्रदेश नम्बर २ र राष्ट्रिको समेत कायपलट हुने हुदाँ बिनाकारण निजगढ विमानस्थलको बारेमा अनावश्यक बिरोध गरि स्थानीयलाई आक्रोश बनाउने कार्य कोहि कसैलाई नगर्न आग्रह समेत गरे ।

स्वतन्त्र युवा समाज निजगढले निजगढ विमानस्थल निर्माणका निम्ति दवाबमुलुक कार्यक्रम गर्ने र सरकारले चासो नदिए चरणबद रुपमा आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय