जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ ले वडा भित्र पुर्ण रुपमा मदिराजन्य पदार बिक्री वितरण गर्न र लागु औषध सेवन गर्न प्रतिबन्ध गरेको छ ।

वडा कार्यालयमा सोमबार बसेको गाउँलेहरुको बैठकले लागु औषधको सेवनले वडा भित्र हत्याका साथै समाजीक अपराधका घटना बढ्दै गएकोले यो निर्णय गरिएको वडा अध्इक्ष असल देवानले जानकारी दिनु्भयो ।

वडालाई पुर्ण लागु औषध र मदिरा मुक्ता बनाउन गाउँलेको भेलाले वडा कार्यालयको संरक्षणमा २१ सदस्य समिति समेत बनाएनको छ । समितिले वडा भित्र रहेको मदिरा जन्य पसल बन्द गराउने, लागु औषध सेवन गर्ने ब्यक्ति पहिचान गरी सम्झाउने, नसम्झे जरीवाना गर्ने र अनत्यमा कानुन अनुसार कारवाहि गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले लागु औषध सेवन गर्ने, जुवातास खेल्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक २ हजारदेखि ५हजार सम्म जरीवाना गर्ने र तेस्रो पटक कानुनी कारवाहिको लागि सिफरिस गर्ने निर्णय गरेको वडा अध्यक्ष देवानले जानकारी दिनुभयो ।

भेलाले टोल सुधारको लागि बनाइएको समितिमा रहेको सदस्यले यदि लागु औषध सेवन गरेमा, जुवातास खेलेमा वा समाजीक अपराधलाई प्रसय हुने कुनैपनि कार्य गरेको पाइएको खण्डमा निजलाई १० हजारसम्म जरिवाना गर्ने निर्णय समेत गरेको छ ।

भेलामा वडा अध्यक्ष देवान सहित वडा सदस्य अमरुल नेसा, मुस्तकिम अंसारी, भिखारी मंसुरी, हाकिम मंसुरी, इम्तीयाज अंसारी ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी हवल्दार जितेन्द्र महतो लगाएत ७७ जना स्थानियहरुको सहभागीता रहेको वडा नम्बर २३ का वडा सचिव जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय