देह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिईन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ र जस्मा नेपालको सिमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैर कानुनी भन्दै सजायको व्यवस्था गरेको छ । नेपालमा यसलाई सामाजिक अपराधको रुपमा चित्रण गरिएको मात्रै होईन यसै कारण समाजमा विकृति फैलाएको ठहर गर्दै यस संलग्नलाई समाजमा नकारात्मक दृष्ट्रिकोणबाट हेर्ने गरिएको छ । तर यसलाई समाजको विकृतिको रुपमा लिईने भएपनि बारामा भने देह व्यापार फस्टाएउदै गएको छ ।
बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अंम्लेखगंञ्ज सडक खण्डको जंगलमा देह व्यापार फस्टाएउदै गएको छ । कम आय भएकाहरु महिलाहरु दाउरा घाँसको बाहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुने गरेको पाईएको हो । बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय देह व्यापार गर्ने महिलाहरुको सख्यां समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिन प्रति दिन देह व्यापार गर्ने महिलाहरुको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सबारी चालक र स्थानिएहरु हुने गरेका छन । यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक वाध्यता । यद्यपि उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने इच्छा आदिका कारण पनि सानै उमेरदेखि यौन व्यवसायमा लागेको पाइएको छ ।
दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बाध्य भएर जिबिकोपार्जनको लागी देह व्यापार गर्न गरेको बताउछन ।
सडकको बिभिन्न ठाउँहरुमा नै बसेर खुलेआमा ग्रहाकहरु संग वाग्रनिङ गरिरहेका देह व्यापारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गईरहेको छ । खुल्लम–खुल्ला देह–व्यापार र अनैतिक कार्य हुने गरेपछि अहिले बारा जिल्ला देह व्यापारको लागी प्रख्यात हुदै आएको छ ।
प्राय महिलाहरु श्रीमान् ने छोडेको तथा दिनभरी ज्याला मजदुरी गर्दा समेत उचित पारिसमिक नपाएको र घरको आर्थिक अवस्था समेत कमजोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाई रहेको छ । आर्थिक समस्याका कारण आफू यस क्षेत्रमा आउन बध्य भएको र यहीँ पेशाबाट घर परिवारको पेट पाल्नकै लागि भए पनि देह व्यापार गर्न गरेको उनीहरुको भनाई छ ।
बाराको बन क्षेत्रमा हुदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वनभित्र लुक्नेगर्छन् ।प्रहरीले पटक पटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरी गएर लखेटने गरेको भएपनि नियन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मित्रले जानकारी दिए ।
बारा प्रहरीले पटक पटक उनीहरुलाई सम्झाउने र अटेर गर्नेलाई लखेटने गरेको भएतापनि न्युनिकरण हुन भने सकेको छैन । पछिल्लो समय पुर्वपश्चिम लोकमार्गको निजगढ देखि अंम्लेखगंञ्जको सडक खण्डलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ ।