१११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार निजगढमा अखिल नेपाल महिला संघले कार्यक्रम गरेको छ । अखिल नेपाल महिला संघ निजगढ नगरकमिटिको आयोजनामा प्रभात फेरि गरिएको हो ।

निजगढ सहिद चिकबाट शुरु भएको महिलाहरुको र्याली निजगढ बजार क्षेत्र परिक्रमा गर्दै पुन शहिदचोक नजिक रहेको पार्टी कार्यलय अगाडी आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी निजगढ नगरपालिकाकि उपप्रमुख लिलादेवी लामिछानेले सबै महिलाको एकताले मात्र सम्बिधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन सकिने बताउदै महिलाहरु माथी हुने हरेक खालका हिसां बिरुद्ध आवाज बुलन्द गर्नुपर्ने बताईन ।

अनेमसघका नगर अध्यक्ष तथा निजगढ नगरकार्यपालिका सदस्य लक्ष्मी गौतमको सभाध्यक्षता तथा अनेमसघका धना लामाले संचालन गरेको कार्यक्रममा नगर पार प्रदेश कमिटी सदस्य रविराज दङाल,जिल्ला कमिटी सदस्री एक बहादुर श्रेष्ठ, सन्तोष दङाल, युवा संघ केन्द्रीय सदस्य राजु आचार्य, प्रदेश सदस्य चण्डिका सापकोटा उप्रेती, कार्यपालिका सदस्य तथा महिला नेतृहरु दिपिका शाह, सम्झना थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय