१११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार मेचि महाकालि संयुक्त आवाज बाराले प्रभात फेरि गरिएको छ । निजगढको सहिद चोकबाट शुरु भएको महिलाहरुको र्याली निजगढ बजार क्षेत्र परिक्रमा गर्दै निजगढ बैंकुट हलमा एक कार्यक्रममा परिणत भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीमा निजगढ नगरपालिकाकि उपप्रमुख लिलादेवी लामिछानेले विश्वका महिलाहरूलाई समानता र न्यायका निम्ति आजको उचाइ सम्म पुयाउन आठ मार्चको आन्दोलनले ठुलो भूमिका खेलेको बताए । उनले आजका महिलाले पनि पुरुष सरह शैक्षिक, सामाजिक, आर्थिक एवम् राजनैतिक अधिकार पाउनु पर्नेमा जोड दिईन । उनले पछिल्लो समय महिलाको अध्ययन तथा सक्रियताका कारणले उनीहरु समाजको विभिन्न क्षेत्रमा योगदान गरिरहेको र अबको युग भनेको पुरुष र नारी समानताको युग भएको बताउँदै महिलाले पनि पुरुषले सरह समान अवसर प्राप्त गरेको खण्डमा महिला पनि नेतृत्वका लागि सक्षम रहेको बताईन ।
कार्यक्रमा मेचि महाकालि संयुक्त आवाज बाराका अध्यक्ष साबित्रा बरालको सभाध्यक्षता रहेको कार्यक्रममा सकुन्तला कुमारी लामाले स्वागत मन्तब्य राखेकी थिईन थियो भने कार्यक्रमको संन्चालन उसा लामाले मोक्तानले गरेकी थिईन । कार्यक्रममा समाजसेवी महिला मिना लामा, साबित्री भारती, बिष्णु नेपाल, सिता मैनाली लगाएतले आफ्ने भनाई राखेका थिए ।