युथ अफ निजगढको आयोजनामा हुन गईरहेको प्रि होली कन्सर्टमा गायक निशान भट्टराई तथा गायीका अस्मिता अधिकारी शनिबार निजगढ आउने भएका छन । प्रत्येक वर्ष गरिदै आएको प्रि होली कन्सर्ट यही फागुन २९ गते शनिबार निजगढ बैकुट हलमा हुन लागेको हो ।

राष्टिय कलाकार निशान भट्टराई तथा अस्मिता अधिकारी र स्थानिय कलाकारहरुको साथ यस बर्षको प्रि होली कन्सर्ट गर्न लागिएको आयोजक युथ अफ निजगढका अध्यक्ष ईराज कोइरालाले जानकारी दिए ।

सातौं प्रि होली कन्सर्ट कार्यक्रमका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको संस्थाका सचिब कमल पराजुलिले बताए ।

संस्थाले सोही दिन बिहान रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि सुरुहुने बताईएको छ ।

यस संस्थाले निजगढ नगरपालिकाका विभिन्न स्थानमा विविध धार्मिक, सास्कृतिक, समाजिक तथा परोपकारका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय