निजगढ नगरपालिका वडा नम्बर ६ स्थित शहीद हिरालाल मार्गको औतारटोल– सडकटोल खण्डमा कालोपत्रे नहुदा धुलो उडेर सास्ति बेहोर्नु परेको भन्दै स्थानीयले हिजो बिहानबाट सडक अवरुद्ध पारेका छन । हिरालाल मार्ग अन्तरगत अन्य सबै क्षेत्रमा कालोपत्रे भइसक्दा पनि निजगढ नगरपालिकाको वडा नम्बर ६ को करिव १ किमी क्षेत्रमा कालोपत्रे हुन नसक्दा धुलो उडेर स्थानीयलाई समस्या भएको हो ।
स्थानीयले सडककोबीचमा ढुङ्गा थुपारेर र व्यानर राखेर बिहानदेखि नै सडक अवरुद्ध पारेका छन । पटकपटक अनुरोध गर्दा पनि सडक डिभिजन कार्यालय र निजगढ नगरपालिकाले कालोपत्रे गर्न चासो नदेखाएपछि आफुहरुले बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीय राजकुमार सापकोटाले बताए ।
उक्त क्षेत्रका करिव २ सय २० घर परिवारले सडकमा भेला भएर सडक अवरुद्ध पारेको उनले बताए । ‘धुलो उडेर घरमै बस्न नसकिने अवस्था छ, सापकोटाले भन्ने, तत्काल सडक पिच गर्ने कार्य थालनी नभएसम्म सडक अवरुद्ध पारिने छ ।’
सडक कालोपत्रे नहुदाँ उक्त सडक खण्डको आसपासका घरमा बस्ने स्थानीयले समस्या बेहोर्दै आएका छन । निजगढको मुख्य सडकको रुपमा रहेको उक्त क्षेत्रबाट दैनिक सयौं सवारी र मालवहाक साधन गुडने गर्छन ।
यसैबीच हिजो भएको स्थानीयको एक भोलाले फणिन्द्र पाण्डेको संयोजकत्वमा संघर्ष समिति गठन गरी चरणवद्घ आन्दोलनको तयारी गरिएको बताइएको छ । समितिले सोमबार निजगढ नगरपालिकामा सडक कालोपत्रको माग गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।