१११ औं अन्तर्राष्टिय महिला दिवसको अवसरमा निजगढ नगरपालिकाले दुई दिने श्रमिक महिला दिदी बहिनीहरुसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सुरु गरेको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्घ नेपालको आधार भने मुल नाराका साथ यस बर्षको महिला दिवस मनाउन लागिएको हो ।

निजगढ नगरपालिकाका उपप्रमुख लिला देबि खनाल लामिक्षानेको अध्यक्षता भएको उतm कार्यक्रममा विशिष्ट अतिथि रुपमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्की रहेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कार्कीले विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तराष्ट्रिय महिला दिवसलाई विश्वले महिला जागरूकता सम्बन्धी दिवस रुपमा लिएको र महिला सशक्तिकरणको उपलक्ष्यमा मनाईने दिवसको पूर्व सन्ध्यामा भएको अन्तरक्रिया कार्यक्रममा महिलाको आान्दोलन अझै पूरा नभएको दाबी गरे ।

उनले महिलाहरुले अझै पनि पुरुष सरह अधिकार नपाएको तथा विज्ञानले समेत महिला पुरुषबीच कुनै पनि खालको भौतिक–मानसिक फरक नभएको पुष्टि गरिसकेको र महिलाले पटक पटक विभिन्न क्षेत्रमा उदाहरणीय बनेर आफूलाई पुष्टि गरिसक्दा पनि महिलामाथिको निरन्तर विभेद संसारकै लागि सरमको विषय भएको बताए ।

यस्तै उपप्रमुख लामिक्षाने विश्वका महिलाहरूलाई समानता र न्यायका निम्ति आजको उचाइ सम्म पु¥याउन आठ मार्चको आन्दोलनले ठुलो भूमिका खेलेको बताईन ।

उनले आजका महिलाले पनि पुरुष सरह शैक्षिक, सामाजिक, आर्थिक एवम् राजनैतिक अधिकार पाउनु पर्नेमा जोड दिईन । उनले पछिल्लो समय महिलाको अध्ययन तथा सक्रियताका कारणले उनीहरु समाजको विभिन्न क्षेत्रमा योगदान गरिरहेको र अबको युग भनेको पुरुष र नारी समानताको युग भएको बताउँदै महिलाले पनि पुरुषले सरह समान अवसर प्राप्त गरेको खण्डमा महिला पनि नेतृत्वका लागि सक्षम रहेको बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय