
जंगलभित्रै औजार लगेर सालको गोलिया चिरान गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढ र सिगौल रेञ्ज पोष्टबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले निजगढ नगरपालिका वडा नम्बर १ बाट आज दिउसो काठसहित १ जना तस्करलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र सिगौल रेञ्ज पोष्टका वन अधिकृत रघुनाथ दासको नेतृत्वमा गएको संयुक्त टोलीले ३० क्विफिट सालको चिरान काठसहित रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४५ का मेघीलाल चौधरीलाई दिउसो १ बजे नियन्त्रणमा लिएको हो ।
सुरक्षाकर्मीको टोली पुगेपछि काठ चिरानमा संलग्न ४÷५ जनाको समुह मध्ये अन्य फरार बनेको निरीक्षक थपलियाले बताए । घटनास्थलबाट आरा, बन्चरो र खुर्पा पनि बरामद भएको वन अधिकृत दासले बताए ।
पेसेवर तस्करहरुले जंगलमा चिरान गरेर काठ तस्करी गर्ने गरेको सुचनाको आधारमा बढाइएको निगरानीपछि चिरान अखडा पत्ता लगाएर कारवाही गरिएको दासको भनाई छ ।
नियन्त्रणमा लिएको काठ सहित थप अनुसन्धानको लागि लामालाई जिल्ला वन कार्यालय सिमरामा बुझाएको प्रहरी निरीक्षक थपलियाले बताए ।