निजगढ नगरपालिका वडा नम्बर ९ शान्तिटोलका एक युवक ३ दिनदेखि बेपत्ता भएका छन । स्थानीय यज्ञप्रसाद सुवार (बजगाई) र आमा रुपमाया बजगाईको २० बर्षिय छोरा मनोज घर फर्किएर नआएपछि परिवारमा चिन्ता बढेको छ ।
बहिनी मनिषासंग म अन्तै जान्छु तिमीले आमा÷बुबाको ख्याल गर्नुु भन्दै मनोज गत शनिबार साँझ ४ बजे घरबाट निस्किएका थिए । आफन्त र साथीभाइको खोजी गर्दा समेत फेला नपरेपछि अभिभावकको चिन्ता बढेको हो ।
परिवारले मनोजको खोजीमा सहयोगको लागि सबैसंग आग्रह गरेका छन । खोजीको लागि परिवारले इलाका प्रहरी कार्यालय निजगढमा पनि निवेदन दिएको छ । मधुमेह रोगले पिडित मनोजले दैनिक रुपमा प्रयोग गर्ने औषधिसमेत घरमै छोडेर गएको परिवारले जनाएको छ ।