गुणस्तर तथा नाप तौल विभाग वीरगन्ज र निजगढ नगर उद्योग बाणिज्य संघले आयोजना गरेको उपचकरण चेकजाच कार्यक्रम अन्तरगत निजगढका ६२ जना व्यापारी र व्यवसायीले आज ढक, तराजु, मिटर, लिटर र काँटा नाप जाँच गराएका छन । नाप तौल उपकरणको गडबडीबाट उपभोक्ताहरुलाई पर्न सक्ने मार्काबाट जोगाउन नापजाच गरिएको विभागका सहायक निरीक्षक श्रीकान्त चौधरीले जानकारी दिए ।
निजगढ वाणिज्य संघको सहयोगमा गुणस्तर विभागले आईतबारबाट निजगढ व्याङ्गकुटमा चेकजाच सुरु गरेको थियो । बणिज्य संघमा आवद्ध सबै व्यवसायीलाई आफना नाप जाच उपकरण जाच गराउन अनुरोध गरिएको संघका सदीय घिमिरेले बताए ।
गुणस्तर नापतौत निर्धारण ऐन अनुसार व्यवसायीले आफुले खरिद गरेको नापतौल काटा ३५ दिनभित्र विभागमा दर्ता गर्नु पर्ने व्यवस्था छ ।