निजगढ नगरपालिका वडा नं ७ का एक ४ बर्षिय बालक खाल्डोमा जमेको पानिमा डुबेर मृत्यु भएको छ । स्थानिय सरोज लामा र अनिता मोक्तानका एक्ला छोरा अद्विक लामाको आईतबार साँझ फोहोर जमेको पानिमा शव फेला परेको बालकका ठूलोबुवा सुमन लामाले जानकारी दिए ।

निजगढस्थित होली एंजल्स बोर्डिङ्ग स्कुलमा एलकेजीमा अध्यनरत बालक स्कुलबाट घर आएपछि हराएका थिए । एक डेढ घण्टा सम्म बालकलाई नदेखेपछि उनकी आमाले खोजतलास गर्ने क्रममा आफ्नैै छिमेकीको घर पछाडि सेफ्टिी ट्यांकीको ओभर फ्लो पानि जम्मा गर्न खनीएको खाल्डोमा बालकको शव भेटिएको थियो ।

खाल्डोको पानिमा तैरीएका बालकलाई तत्काल उद्दार गरी निजगढ स्थित नेश्नल हस्पिटलमा लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय