बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको सरुवा भएको छ । गृह मन्त्रालयले हिजो बारा सहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

चार महिना पहिले मात्र सरुवा भइ बारामा आएका प्रमुख जिल्ला अधिकारी नेपालको स्याङजा जिल्लामा सरुवा भएको छ । गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकिारी सुरेन्द्र पौडेललाई बारामा सरुवा गरेको छ ।

त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सर्लाहीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय