तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगीताको फाईनल खेल अघिको मैत्रीपूर्ण खेलमा रौतहटको महिला टोलि बिजयी भएको छ । बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा रौतहटले सर्लाहीलाई १-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो ।
प्रतिस्पर्धात्मक खेलमा रौतहटले गोलको थुप्रै मौका पाएपनि अवशर गुमाएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रौतहटकालागि कप्तान रेजिना श्रेष्ठले ५८ औ मिनेटमा गोल गर्दै जीत दिलाईन । खेलको वुमन अफ द म्याच सर्लाहीकी गोल रक्षक सबिना राई भईन ।
तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधिकोलागी फागुन १६ गते योङ्गस्टार युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुने छ । उपाधिकालागी दुई टीम बीच आईतवार प्रतिस्पर्धा हुने प्रतियोगिताका आयोजक सम्भु थापा मगरले बताएका छन । फाईनल खेल शहिद हिरालाल रंगशालामा दिउँसो १ बजेदेखि शुरु हुने छ ।
योङ्गस्टारले पहिलो चरणमा चौतारा युवा क्लवलाई पराजित गरेको थियो भने क्वार्टरफाईनलमा एफसी कोलगाउ र सेमीफाईनलमा सिंगौल फुटबल क्लव ए लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । निजगढ युवा क्लवले पहिलो चरणमा निजगढ १३ युवा क्लवलाई पराजित गरेको थियो भने क्वार्टरफाईनलमा बाघभैरव युवा क्लवलाई पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया र उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ।