योङ्गस्टार युवा क्लव तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सिंगौल फुटबल क्लव ए लाई २-० गोल अन्तरले पराजित गर्दै योङ्गस्टार प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

योङ्गस्टारको जितमा अरुण लामाले २ गोल गरेका थिए । खेलको ३३ औ मिनेटमा डी बक्स भित्र सिंगौलले फल गरेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै अरुणले योङ्गस्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको योङ्गस्टारले ५३ औ मिनेटमा पुन : गोल गर्दै २-० को अवस्थामा पुर्याए ।

खेलमा फर्कन सिंगौलले प्रयास गरेपनि सफल हुन् सकेन र योङ्गस्टार जित निकाल्दै फाईनल यात्रा तय गर्यो । खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण लामा भए । प्रतियोगिता अन्तर्गत मंगलबार दोस्रो सेमिफाईनल खेलमा हिमाल युवा क्लव र निजगढ युवा क्लव ए बीच प्रतिस्पर्धा हुनेछ । हिमालले पहिलो चरणमा सिंगौल फुटबल क्लव बि लाई पराजित गरेको थियो भने क्वार्टरफाईनलमा रतनपुर युनाईटेड युथलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय