नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले संसद विघठनको मुद्दामा संविधानको मर्म र भावना बाहिर गएर निर्णय गर्न नसक्ने बताएका छन । बाराको निजगढमा आयोजित पार्टी कार्यकर्ता भेलामा सहभागी हुन आएका नेता पाण्डेले सो कुरा बताएका हुन ।

उनले संविधान पुर्नबहालीको विकल्प नभएको बताए । अदालतले संविधानको लेटर एण्ड स्प्रीट भन्दा बाहिर गएर निर्णय गर्न मिल्दैन, उनले भने, यस्तो भयो भने संविधानको व्याख्या नभइ पुर्नलेखन हुन जान्छ र न्यायलयले संविधानको व्याख्यामात्रै गर्ने हो नया संविधान लेख्ने होइन र अदालतले संसद पुर्नबहाली गर्ने बताए ।

उनले न्यायलयले यसअघि पनि सरकारले गरेका अनेकौ निर्णयहरु उल्टाएको भन्दै मुद्दामा पनि अदालतले पुर्नबहाली गर्ने विश्वास गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय