बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन् ।

बाराको जितपुर सिमरा ४ मा रहेको रहेको जग्गा सर्जमिन गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन् ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनीहरुलार्ई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो । घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय