नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभा पुर्नबहााली हुने शंभावना बढेको बताएका छन । बाराको निजगढमा संचारकर्मी र पार्टी कार्यकर्ताहरुसंग संक्षिप्त कुरा गर्दै अध्यक्ष दहालले प्रतिनिधि सभा पुर्नबहााली हुने शंभावना बढेको बताएका हुन ।

अहिले पार्टी कार्यकर्ता र सर्वसाधारणमा पनि सर्वोच्च अदालतले के फैसला गर्ला र नेकपाको आधिकारिकता कुन पक्षले पाउला भनेर चासो बढेको भन्दै उनले देशभरीको जनमत संसद पुर्नवहालीकोे पक्षमा रहेको र अदालतको सहयोगी (एमिकस क्युरी) ले समेत संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताईसकेका कारण पछिल्लो समय वातावरण प्रतिनिधि सभा पुर्नबहााली हुनेतर्फ नै अघि बढेको उनले बताए । निर्वाचन आयोगले पनि आफुहरुलाई नै नेकपाको आधिकारिकता दिने उनको भनाई रहेको छ ।

त्यसैगरी सर्वोच्च अदालत र निर्वाचन आयोगले अपेक्षा विपरित फैसला भएमा तपाईहरु के गर्नुहुन्छ भनेर संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले त्यस्तो नहुने र त्यस्तो भइहाले देशमा चुनाव हुन नसक्ने पनि बताएका छन ।

दुर्घटनाबाट निधन भएका नेकपा केन्द्रीय कमिटी सदस्य डाचाराम वाग्लेको शोक सभामा सहभागी हुन सलाहीतर्फ जादै कर्म्रमा अध्यक्ष दाहालले निजगढका पार्टी कार्यकर्ताहरु संग भेटघाट गरेका हुन ।

अध्यक्ष दहालसंग नेकपा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा नेता पूरुषोत्तम पौडेल, पार्टी बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, सचिव सुन्दर विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय