नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन आईतबार दुई खेल भएको छ । आज सिंगौल एफ.सि ए टिम बिरुद्घ शान्तिटोलि युनाइटेड टिमको पहिले र रतनपुर युनाइटेड युथ क्लब ए टिम बिरुद्घ नमोबुद्घ आधुनिक क्लब बिच दोस्रो खेल भएको थियो ।

पहिलो खेलमा सिंगौल एफ.सि ए टिमले शान्तिटोलि युनाइटेड टिममाधि सजिलै जित हासिल गरेको छ । सिंगौल एफ.सि ए टिमले शान्तिटोलि युनाइटेड टिमलाई ६–० को फराकिलो अन्तरले जित हासिल गरेको हो ।

सिंगौल एफ.सि ए टिमका सागर कुवरले ४ गोल गर्न सफल भएका थिए भने चाङ्बा वाइबा र अर्बिन्द थापाले एक एक गोल गरेका थिए ।

खेलको २४ औं मिनेटमा सिंगौल एफ. सि ए टिमका मंगल सिङको प्रहार गोलरक्षकले रोक्ने क्रममा गोलरक्षकको हातबाट बाहिरिएको बललाई सागर र्कुवरले गोलमा परविर्तन गरि टिमलाई अग्रसता दिलाएका थिए भने खेलको ४३ मिनेटमा अर्बिन्द थापाको पासलाई गोलमा परिवर्तन गर्न सफल भएका थिए यस्तै खेलको ४८ मिनेटमा सुबन सापकोटाको पासलाई गोलमा परिवर्तन गर्दै ह्याट्रिक गर्न र्कुवर सफल भएका थिए ।

उनले पुर्ण खेलको ६९ मिनेटमा रोशन थापाको क्रस पासलाई गोलमा रुपान्तरण गर्दै ४ गोल गरेका थिए । यस्तै खेलको ५६ र ६२ औं मिनेटमा चाङ्बा वाइबा र अर्बिन्द थापाले एक एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच सिंगौल एफ. सि ए टिमका सागर र्कुवर घोषित भए, उनले ४ गोल गरेका थिए भने सिंगौलका सुबन सापकोटाले फल गरेपछि पहेलो कार्ड पाएका थिए ।

त्यसपछि रतनपुर युनाइटेड युथ क्लब ए टिम र नमोबुद्घ आधुनिक क्लब बिच दोस्रो खेल भएको थियो ।

दोस्रो खेलमा रतनपुर युनाइटेड युथ क्लब ए टिमले नमोबुद्घ आधुनिक क्लब बिरुद्घ जित हासिल गरेको छ । रतनपुर युनाइटेड युथ क्लब ए टिमले नमोबुद्घ आधुनिक क्लबलाई ३–० को अन्तरले जित हासिल गरेको हो ।

रतनपुरका कप्तान आशालाल कुमरले २ गोल गरे । खेलको ८ औ मिनेटमा कप्तान कुमरले पहिलो गोल गर्दै रतनपुरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले अघि रहेको रतनपुरले दोश्रो हाफमा थप २ गोल थप्यो ।

खेलको ४१ औ मिनेटमा रतनपुरका समन कुमरले गोल गर्दै रतनपुरको अग्रता दोब्बर बनाए । व्यक्तिगत दोश्रो तथा टिमकोलागी तेश्रो गोल गर्ने क्रममा कप्तान आशालालले ५० औ मिनेटमा फर्किक मार्फत गोल गरे । डिबक्स नजिकबाट प्राप्त गरेको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान आशालालले व्यक्तिगत दोश्रो गोल गरे ।

रतनपुरका कप्तान आशालाल खेलको म्यान अफ द म्याच समेत बने। खेलमा नमोबुद्धका संजय मोक्तानले फल गरेपछि पहेलो कार्ड प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार दुईवटा खेलहरु हुनेछन । दिउसो १२ः३० मा हुने पहिलो खेलमा सिंगौल फुटबल क्लव ए र हिमाल फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २ः३० बजे हुने दोश्रो खेलमा बाघ भैरव युवा क्लव र निजगढ युनाईटेड बीच प्रतिस्पर्धा हुनेछ ।

शहिद हिरालाल रंगशालामा फागुन १४ गतेसम्म सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय